कालिकोट । कालीकोटमा भएको जिप दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ ।
शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको जीप चिसापानीमा शनिबार राति साढे ११ बजे दुर्घटना हुदाँ तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार लु १ च८४९८ नम्बरको जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।
उनका अनुसार सो दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।
सो दुर्घटना कसरी भयो, त्यो हालसम्म नखुलेको उनले जनाएका छन् । अनुसन्धान जारी रहेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु