कालिकोट । कालीकोटमा भएको जिप दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ ।
शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको जीप चिसापानीमा शनिबार राति साढे ११ बजे दुर्घटना हुदाँ तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार लु १ च८४९८ नम्बरको जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।
उनका अनुसार सो दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।
सो दुर्घटना कसरी भयो, त्यो हालसम्म नखुलेको उनले जनाएका छन् । अनुसन्धान जारी रहेकाे उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु