नेपाल अब सुरुङ युगमा जानुपर्छः स्वर्णिम वाग्ले

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १२ : २३
नेपाल अब सुरुङ युगमा जानुपर्छः स्वर्णिम वाग्ले

 काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् । आज बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने भएकोले यसको महत्व भएको बताए ।

यो आयोजना महत्वपूर्ण आयोजना भएको उनको भनाइ छ । यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताए बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए ।सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उनले बताए । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने बताए ।

यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उनले बताए । सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस