काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् । आज बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्याउने भएकोले यसको महत्व भएको बताए ।
यो आयोजना महत्वपूर्ण आयोजना भएको उनको भनाइ छ । यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताए बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए ।सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उनले बताए । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने बताए ।
यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उनले बताए । सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले
वाचापत्र दोहोर्याएर पढ्न नवनिर्वाचित सांसदहरूलाई डा. स्वर्णिम वाग्लेको आग्रह
स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार
तनहुँ–१ मा स्वर्णिम वाग्ले अगाडि
बालेन्द्र शाह अब रास्वपा नेता : स्वर्णिम वाग्ले
संसद्को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले