रुपन्देही । लुम्बिनी प्रदेश सरकारले यसअघिका धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आव २०८०÷०८१ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी तथा नेकपा एमाले संसदीय दलका नेता, लिला गिरीले अहिलेको नीति तथा कार्यक्रम सतही आएको बताए। उनले समग्र विषयवस्तु नै फितलो र हल्का रहेको बताए। प्रदेशको समृद्धिका जुन आधार तय भएका थिए तिनलाई साकार बनाउने खालका उपयुक्त कार्यक्रम बनानुपर्ने भएपनि त्यसतर्फ ध्यान दिइएको नपाइएको उनको भनाइ छ ।
उनले भने, 'बरु यसले थप निराश बनाउने काम गरेको छ। अहिलेको विषम आर्थिक परिस्थितिलाई सही ढंगले अध्ययन गरि समाधानका उपाय पहिल्याउने तर्फ पनि ध्यान दिइएको पाइएन ।’ 'समग्र विषयमा हामीले अध्ययन गरेर आफ्नो धारणा संसदमै प्रस्तुत गर्नेछौं 'उनले प्रतिक्रया दिदै भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
एमालेले के माओवादी फकाउन खोज्दैछ ? यी तीन घट्ना, जसले तरंगित बनाउँदैछ राजनीति
एमाले सचिवालय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
एमाले संसदीय दलको बैठक जारी