काठमाडौँ । नेपालका लागि स्वीटजरल्यान्डका राजदूत एलिजावेज भोन क्यापलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेकी छन् । राजदूत क्याप्लरले शुक्रवार अपराह्न राष्ट्रपति निवास शीतल निवासमा बिदाइ भेट गरेकी हुन् ।
भेटका क्रममा राष्ट्रपति पौडेल र राजदूत क्यापलरबीच नेपाल र स्वीट्जरल्यान्डबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।
साथै राष्ट्रपति पौडेलले राजदूत क्यापलरलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति