काठमाडौँ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छावावाला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढ्दै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?