काठमाडौं । नेकपा एमालेले पार्टीको कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन ७० वर्षको उमेर हद हटाएको छ । पार्टी अध्यक्ष वा अन्य कार्यकारी पदमा निर्वाचिन हुन ७० वर्ष मुनिको हुनुपर्ने प्रावधान राखिएकोमा उक्त प्रावधान हटाइएको हो ।
गत बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विधानमा रहेको ७० वर्षे प्रावधान निलम्वन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई यही जेठ १९ गते बसेको सचिवालयले अनुमोदन गरेपछि एमाले पार्टीका तल्लो तहमा पनि सोही बमोजिनको सर्कुलर गरेको हो ।
२०७८ साल मंसीरमा चितवनमा सम्पन्न महाधिवेशनमा सोही प्रावधानका कारण केही नेताहरु नेतृत्वका लागि प्रतिष्पर्धा गर्नबाट बञ्चित भएका थिए । केपी ओलीलाई पुनः अध्यक्ष बनाउने उद्धेश्य अनुरुप ७० वर्षे प्रावधान हटाइएको अनुमान गरिएको छ ।
यस्तै, एमालेले पार्टी नेताहरूको जिम्मेवारी समेत हेरफेर गरेको छ । मंगलबार बसेकोे सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । जस अनुसार सात जना उपाध्यक्षहरूलाई पार्टीका ३३ विभाग समन्वयको जिम्मेवारी दिइएको छ भने ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज तोकिएको छ । केन्द्रीय सदस्यहरूलाई भने स्थानीय तहको जिम्मेवारी दिइएको छ । एमालेले यसपटक सहइन्चार्ज हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले