काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । आजको बजारभाउ तय गर्दै महासंघले हिजो मंगलरको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ । हिजो मंगलबार पनि यहि मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?