काठमाडौं। नेपाल टेलिकमले डेटा सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टेलिकमले ग्राहकको गोपनीयतालाई सधैँ सम्मान गर्ने र यसको सुरक्षा र गोपनीयतामा कुनै सम्झौता नगर्ने भन्दै टेलिकमले सबै ग्राहकलाई आश्वस्त पारेको छ ।
टेलिकमले एक विज्ञप्ति जारी गर्दै राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानूनबमोजिम हुने अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरूले झैं विवरण उपलब्ध गराउँदै आएको जनाएको छ ।
कम्पनीका सेवाहरू अत्यन्त भरपर्दाे र सुरक्षित बनाई ग्राहकवर्गको गोपनीयता कायम गर्न टेलिकम अत्यन्त संवेदनशील रहेको जानकारी दिँदै कम्पनीले सम्पूर्ण सेवा निर्धक्क भएर प्रयोग गर्नु आग्रह गरेको छ ।साथै पछिल्लो समय कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरू उल्लेख्य रुपमा वृद्धि भइरहेको पनि कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या