काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणका क्रममा करका दर हेरफेर गरिएको बारे सरकारले स्पष्ट जवाफ नदिए राप्रपाले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेट निर्माणका क्रममा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थका लागि आर्थिक विधेयक बनाउन सहभागी गराइएको हो भन्दै प्रश्न गरे । उनले करका दर फाइनल गर्न खटिएका सेवन्त पोखरेलले करार कर्मचारी नियुक्त गरेको भनेर बजारमा आएको भन्दै यसबारे पनि स्पष्ट जवाफ दिनुपर्ने बताए ।
‘यदि स्पष्ट जवाफ आउँदैन भने राप्रपा सडक र सदन दुवै ठाउँबाट भ्रष्टाचारविरुद्ध आन्दोलन गर्छौ’, शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखलाई ज्ञानेन्द्र शाहीको ८ बुँदे सुझाव
प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
अब सञ्चारमन्त्रीलाई जनताले हराउँछन् : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’