काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणका क्रममा करका दर हेरफेर गरिएको बारे सरकारले स्पष्ट जवाफ नदिए राप्रपाले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेट निर्माणका क्रममा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थका लागि आर्थिक विधेयक बनाउन सहभागी गराइएको हो भन्दै प्रश्न गरे । उनले करका दर फाइनल गर्न खटिएका सेवन्त पोखरेलले करार कर्मचारी नियुक्त गरेको भनेर बजारमा आएको भन्दै यसबारे पनि स्पष्ट जवाफ दिनुपर्ने बताए ।
‘यदि स्पष्ट जवाफ आउँदैन भने राप्रपा सडक र सदन दुवै ठाउँबाट भ्रष्टाचारविरुद्ध आन्दोलन गर्छौ’, शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : ज्ञानेन्द्र शाही
मुलुकी अपराध संहिताको मस्यौदाप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
पेट्रोलियम पदार्थ लुकाउने पेट्रोल पम्पलाई तत्काल कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग
‘सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो’: ज्ञानेन्द्र शाही
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग