काठमाडौँ । सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमती जुटेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेख्य सुधार आएको छ । आज अर्थमन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने सम्झौता भएको हो ।
यससँगै, दिउँसो २ बजेसम्म नेप्से परिसूचक ४६ अंकले बढेको छ । समाचार तयार पार्दा सम्मको अवधिमा परिसूचक ४६ अंकले बढेर १९१३ अंकमा पुगेको छ । यस्तै, यस अवधिसम्म कारोबारमा आएका कम्पनीमध्ये २१० कम्पनीको सेयर बढेको छ भने ९ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।
यस्तै, ९४ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको २६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४०७ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार