पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको बताए । सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुपूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता