काठमाडौँ । देशभर भएका छुट्टा छुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित सडकमा ज.५ प २९३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सिरहा अर्नामा गाउँपालिका-३ घर भएका २३ वर्षीय जितेन्द्र कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित सडकमा राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा.२१ च ५३०१ नम्बरको हात्ती गाडीबाट खसेर गाडीमा सवार हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको डा. ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता झापाको बुद्धशान्ति गाउँपालिका-३ सयपत्री चोकमा प्रदेश १-०१-०१४ प १७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय बल बहादुर बस्नेतको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका-६ चिलिमडाँडास्थित सडकमा चिलिमडाँडाबाट राबतवाडातर्फ जाँदै गरेको लु.४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार तिला गाउँपालिका-५ तिलाकोट बस्ने १६ वर्षीय विकाश सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-६ जब्दीस्थित सडकमा को.४ प ३५२७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सिरहा धनगढीमाई नगरपालिका-९ मुसहरमिया टोल घर भई हाल सुनसरी भोक्राहनर्सिङ गाउँपालिका-६ चिरौली बस्ने २७ वर्षीय रमेश कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय नगर अस्पताल चक्रघट्टीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता धादिङको धुनिवेशी नगरपालिका-९ बाहुनडाँडास्थित सडकमा युपि १६ जिटि ५४७४ नम्बरको कार आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार बाँके कोहलपुर बस्ने ३६ वर्षीय रबिलाल बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु