काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका र जिम्बाब्वे पठाउने तयारी भएको छ । लामिछानेलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पठाउने तयारी भएको हो।
कानुन व्यवसायीले अन्तर्राष्ट्रिय खेल अवधिभरका लागि अदालतको सुनुवाइ स्थगित गरेर लामिछानेलाई अफ्रिका र जिम्बाब्वे पठाउने तयारी गरेका हुन् । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिला भएकाले फर्केपछि सुनुवाइ गर्ने गरी सम्मानित अदालतलाई तारिखको व्यवस्था गर्न अनुरोध गर्दै निवेदन गर्ने तयारी भएको छ । तर, अदालतको निवेदनपछि मात्रै सन्दीप अफ्रिका र जिम्बाब्वे जाने तय हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा