उपकुलपति साह अस्वस्थ्य, थप उपचारका लागि दिल्ली लगिँदै

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, ११ : ४१
उपकुलपति साह अस्वस्थ्य, थप उपचारका लागि दिल्ली लगिँदै

काठमाडौँ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साह अस्वस्थ भएका छन् । उनलाई थप उपचारका लागि दिल्ली लगिने भएको छ । दुई महिनादेखि कलेजोसम्बन्धी समस्याबाट पीडित प्रा.डा.साह केही पहिले दिल्लीमा उपचार गरेर फर्केका थिए । उपचार गरेर फर्केपछि स्वास्थ्यमा सुधार नदेखेपछि उनी एभरेष्ट अस्पतालमा भर्ना भएका थिए ।

अस्पताल भर्ना भएपछि स्वास्थ्यमा केही सुधार देखिए पनि थप उपचारका लाग आज दिल्ली लगिने परिवारका सदस्यले जानकारी दिएका छन् ।मधेश मामिलाका जानकार समेत रहेका डा.साह हाडजोर्नी विशेषज्ञ हुन् । विभिन्न शिक्षण अस्पतालमा प्रध्यापक तथा डाक्टरको रुपमा काम गरेका उनी पहिलो मधेश सरकार गठन भएलगत्तै विज्ञ सल्लाहकारको रुपमा नियुक्त भएका थिए । मधेश विज्ञान प्रतिष्ठान गठन भएपछि उनलाई उपकुलपतिमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस