प्रचण्ड समकक्षीसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग ? : भिम रावल

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, ०७ : २८
प्रचण्ड समकक्षीसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग ? : भिम रावल

काठमाडौ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न गरेका छन् ।

भ्रमणको पहिलो दिन बुधवार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले प्रश्न गरेका छन् ।

नेता रावलले प्रधानमन्त्री समकक्षीसँग वार्ता गर्न गएका हुन् कि कर्मचारीसँग भनेर प्रश्न गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड समकक्षी प्रधानमन्त्रीसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग ?’

प्रतिक्रिया दिनुहोस