काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय समयमा हुने भारत भ्रमणले दुई देशबीचको सम्बन्धनलाई थप उचाईमा पुर्याएको दाबी गरेका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बारखम्बास्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसपटकको भ्रमणले पनि दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनु रहेको बताए।
'प्रधानमन्त्रीका रूपमा यो मेरो चौथो भ्रमण हो। हाम्रा दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई नयाँ उचाई दिई अझ मजबुत र जनस्तरसम्म लैजान यस भ्रमणको मूल उद्देश्य हो,' उनले भने, 'भोलि माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुने तय भएको छ। भोलि नै केही सम्झौताहरूमा हस्ताक्षर हुनेछन्।'
उनले विदेश बस्ने नेपालीहरूलाई मतदान गर्ने अधिकार दिनसमेत सरकार प्रतिबद्ध रहेको बताए। उनले भ्रमणको तालिकाबारे पनि जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, २१ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रतिनिधिमण्डलबीच छेन्दुमा भेटवार्ता
कैलाश पर्वत र मानसरोवरको भ्रमण गर्न सकिने व्यवस्था मिलाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डद्वारा छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन
प्रधानमन्त्री प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्य युआन जीयाजुनबीच भेट
प्रधानमन्त्री प्रचण्ड छोङछिङमा
प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा माओत्सेतुङको समाधीस्थलमा पुगेर श्रद्धाञ्जली व्यक्त