सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका-१ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो ।
ओछ्यानमा सुतिरहेका बालकलाई आज विहान ३ बजे सर्पले डसेको थियो । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ जेठ २०८०, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु
गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु
सर्पले टोकेर बालकको मृत्यु
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
गोमन सर्पले डस्दा वृद्धाको मृत्यु
सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते