कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०८२, १२ : ३७
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु

काठमाडौँ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ। घरमा सुतेको अवस्थामा सर्पले डसेर संगीता पासवानको मृत्यु भएको हो।

सर्पले डसेपछि संगीता अचेत भएका थिए । अचेत भएपछि उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो। उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिंगेस्थित सर्वदंश उपचार केन्द्रमा ल्याइएको थियो।

उपचारमा ढिलाइ गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिंगे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए।

 

प्रतिक्रिया दिनुहोस