काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै चुनाव प्रचारका क्रममा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका चुनाव चिह्न बोकी प्रचार गर्दा सुरक्षामा असर पर्न सक्ने र सार्वजनिक शान्तिमा नकारात्मक प्रभाव पर्न सक्ने देखिएको छ।
आयोगले तोकेको मापदण्डअनुसार कपडा, कागज, फ्लेक्सजस्ता सामग्रीमा छापिएका चुनाव चिह्न प्रयोग गर्न पाइने भए पनि भौतिक वस्तुका रूपमा बनाइएका चिह्न लिएर जुलुस वा प्रचार गर्न नहुने उल्लेख गरिएको छ। यस्तो कार्यले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने आयोगले स्पष्ट पारेको छ।
यसैबीच आयोगले दल र उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता २०७९ को पालना गर्दै सभ्य, मर्यादित र सुरक्षित तरिकाले चुनाव प्रचार गर्न निर्देशन दिएको छ। आयोगले नियम विपरीत गतिविधि देखिएमा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने