काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार दिउँसो अस्पताल पुगेका छन्।
उनले कलंकीस्थित नेपाल नेसनल अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूसँग भेटवार्ता गरी आवश्यक स्वास्थ्य सेवाका विषयमा जानकारी लिएका थिए।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-५, भैंसिगौडास्थित त्रिशूली नदीमा गएराति करिब १ बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २५ जना घाइते भएका थिए। घाइतेहरूको उद्धार गरी अहिले कलंकीस्थित नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ फागुन २०८२, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस