निर्देशनमा पाइला चाल्दै बोमन इरानी

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १२ : ११
निर्देशनमा पाइला चाल्दै बोमन इरानी

मुम्बई  । बलिउड अभिनेता बोमन इरानीको अभिनयबाट जोकोही प्रभावित छन् । अब यी अभिनेतालाई दर्शकले निर्देशकका रुपमा देख्न पाउने भएका छन् । तर यसका लागि दर्शकले ६ महिना पर्खनुपर्नेछ ।४१ वर्षको उमेरदेखि अभिनयमा पाइला चालेका बोमनले अब पर्दा पछाडि रहेर आफ्नो कला देखाउन लागेका हुन् । ‘म अब फिल्म निर्देशन गर्दैछु । मेरो छोराले फिल्म निर्माण गर्नेछ । फिल्मको कथा लेखिरहेको छ ।

म आफै पनि अभिनय गर्छु । म यसका लागि ६ महिना खर्चिदैछु’, उनले भनेका छन् ।बोमनका छोरा कायोजीले पनि फिल्म निर्देशन गर्दैछन् । यो कुराको जानकारी बोमनले सामाजिक सञ्जालमार्फत केही समयअघि दिएका थिए । बोमन चाँडै नै निर्देशक राजकुमार हिरानीको फिल्म ‘डंकी’मा देखिँदैछन् । फिल्ममा शाहरुख खान र तापसी पन्नु प्रमुख भूकिामा छन् । 

प्रतिक्रिया दिनुहोस