काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न भारत भ्रमणका विषयमा पूर्व प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूसँग सुझाव लिइरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा के कस्ता एजेन्डा उठाउने भन्ने विषयमा सुझाव लिइरहेका छन् ।
प्रचण्डसँगको भेटमा कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,नेपाल समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत नेताहरू सहभागी छन् ।
यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ लगायत नेताहरू सहभागी छन् । प्रचण्ड जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड