काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढ्दो बेरोजगारी देशको मूल समस्या भएको बताएका छन्। आइतबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले नेपालको अहिलेको शिक्षा प्रणालीले बेरोजगारी बढ्ने र विदेश पलायन हुने खालको भएको बताएका हुन्।
उनले विश्वविद्यालयका पाठ्यक्रममा सूचना प्रविधि समावेश गरेमात्र स्वरोजगार बढ्ने बताए। उनले नेपाललाई आवश्यक पर्ने शिक्षा नीति अवलम्बन नहुँदा परिणाममुखी, उत्पादनमुखी र रोजगार केन्द्रित हुन नसकेको बताए। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखा परेको समस्या संस्थागत भ्रष्टाचार र विथितिले भएको टिप्पणी गरे।
उनले यथाशिघ्र संघीय शिक्षा ऐन सदनबाट पारित गर्ने र समाजवाद उन्मुख शैक्षिक नीति कस्तो हुने भन्ने बारेमा उच्चस्तरीय शिक्षा आयोग गठन गरेर समाजवाद उन्मुख शिक्षा नीति बनाउने जानकारी गराए।
प्रधानमन्त्री प्रचण्डले सोमबार आउने बजेटले धेरै नयाँ योजना र कार्यक्रम भने राख्न नसक्ने बताए। उनले बजेटमा ७५३ वटै पालिकामा युवालाई रोजगार दिने क्रान्तिकारी कार्यक्रम ल्याउने जानकारी दिए।
उनले यसपटकको भारत भ्रमण विशेष हुने उल्लेख गरे। उनले भ्रमण हवाई रुट र पञ्चेश्वर आयोजनालाई समेत अगाडि बढाउने गरी भारतमा सम्झौता हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड