काठमाडौं । सभामुख देवराज घिमिरेले कृत्रिम खुट्टाको भरमा सगरमाथाको सफल आरोण गरेर हरि बुढामगरले कामय गरेको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणा बन्ने बताएका छन् । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा बिहीबार आरोही बुढामगरलाई स्वागत र सम्मान गर्दै सभामुख घिमिरेले बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै खुसी प्रशंसा गरे ।
‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पु¥याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्,’ उनले भने । दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका बुढामगरलाई सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले सम्मान गरेका हुन् ।
उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरे । कार्यक्रममा सांसदहरु महेश बर्तौला र ईश्वरी जीएमले बुढामगरलाई बधाई दिए ।
सभामुखको बधाईपत्रमा लेखिएको छ
श्री हरि बुढामगर
रोल्पा
रोल्पा जिल्लाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका तपाईंले २०८० साल जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंको प्रेरणा जगाउने विश्वकीर्तिमानले फेरि एकपटक नेपाल, नेपाली र सगरमाथाको नाम संसारभर फैलिएकोमा गौरवानुभूति गरेको छु ।
युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी तपाईंले राख्नुभएको विश्वकीर्तिमान युगौंयुगसम्म नेपाली र आरोहणको क्षेत्रमा रहनुभएकाहरुका लागि प्रेरणा बन्ने विश्वास लिएको छु । तपाईंको लगनशीलता, साहस र आत्मबल नेपाल र नेपालीको लागि प्रेरणा हो ।
शारीरिक तन्दुरुस्ती भएकाहरुले समेत नपाउने तपाईंको उपलब्धि अपाङ्गता भएका व्यक्तिहरुका लागि अभूतपूर्व प्रेरणा बनेको छ । साहसिक खेलमार्फत तपाईंले अपाङ्गता भएका व्यक्तिहरु हेय र दयाका पात्र होइनन् भन्ने सन्देश दिनुभएको छ ।
तपाईंका बाँकी दिनहरु पनि सक्रियतापूर्वक बित्ने अपेक्षा गर्दै सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
देवराज घिमिरे
सभामुख
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
सभामुखले विपक्षीलाई भने: गृहमन्त्रीलाई बोल्न दिऔं, त्यसपछि छलफल गरौं
सभामुख घिमिरे र दलका सचेतक बिचको बैठक सुरु