काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचार र राष्ट्रद्रोहका विरुद्ध थप संघर्षका कार्यक्रम अगाडि सारेको छ ।
बुधबार सम्पन्न उक्त पार्टीको मोर्चा संगठन विभागको नवौं बैठकले उक्त निर्णय गरेको हो । बैठक पार्टी उपमहासचिव तथा विभागका प्रमुख डा.विजय पौडेलको अध्यक्षतामा बसेको थियो ।
बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, -याली र कोणसभा गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको हकमा सोही मिति र समयमा माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय गरेको छ । त्यसका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
उक्त विभागले यसअघि पनि काठमाडौंसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजायँ माग गर्दै प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?