काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यस अघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमको माग गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा स्थापित गर्ने निर्णय गरेको थियो । तर श्रेष्ठले सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए ।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार कायम
रास्वपाको हस्ताक्षर अभियान’मा कति उठ्यो पैसा ?
यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन
रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी
रास्वपाको विस्तारित बैठक सुरु
रास्वपाको विस्तारित बैठक आजदेखि, पार्टीको आगामी रणनीति तय गर्ने मुख्य एजेन्डा