काठमाडौँ । साताको चौथो काराेबार दिन बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दाेहाेराे अंकले बढेकाे हाे । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँकाे कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये बुधबार फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार