काठमाडौँ । काठमाडौँ महानगरले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विवरण पेस गर्न भनेको हो ।
निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न भनेको छ ।
त्यसरी प्रदान गरेको छात्रवृत्तिको विवरण विद्यालयले आफ्नो वेबसाइटमा प्रकाशन गर्न समेत महानगरले भनेको छ । कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा सोको सुनुवाइको अवसर समेत प्रदान गर्न भनेको छ । त्यस्तै तोकिएको बमोजिमको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने समेत महानगरले चेतावनी दिएको छ ।यसका लागि वडाध्यक्ष तथा जनप्रतिनिधिहरूलाई सहयोग तथा अनुगमन गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ को आवेदन