काठमाडौँ । काठमाडौँ महानगरले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विवरण पेस गर्न भनेको हो ।
निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न भनेको छ ।
त्यसरी प्रदान गरेको छात्रवृत्तिको विवरण विद्यालयले आफ्नो वेबसाइटमा प्रकाशन गर्न समेत महानगरले भनेको छ । कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा सोको सुनुवाइको अवसर समेत प्रदान गर्न भनेको छ । त्यस्तै तोकिएको बमोजिमको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने समेत महानगरले चेतावनी दिएको छ ।यसका लागि वडाध्यक्ष तथा जनप्रतिनिधिहरूलाई सहयोग तथा अनुगमन गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँसम्मको छात्रवृत्ति
महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण
रिद्धिसिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित
७१ नेपाली विद्यार्थीलाई चीनमा छात्रवृत्ति
कक्षा ११ मा भरतपुरका २९ वटा क्याम्पसमा २८३ विद्यार्थीलाई महानगरको छात्रवृत्ति
भरतपुर महानगरले गर्यो कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छनोट