काठमाडौं। रास्वपा सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने बताइन् ।
सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हुने भएकाले यसलाई रोक्नुपर्ने भन्दै उनले सांसद विकास कोषको विपक्षमा रास्वपा रहेको जानकारी दिइन् । सांसद विकास कोष ब्युँताउन नहुने भन्दै उनले रुलिङको मागसमेत गरिन् । साथै १ जेठमा नक्कली भुटानी प्रकरणसहितको विषयलाई लिएर आफूले दर्ता गरेको संकल्प प्रस्ताव टेबुल नहुनुको कारण पनि सभामुख देवराज घिमिरेसँग उनले जवाफ मागिन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विध्वंसमा संलग्नहरुलाई पक्राउ गरेकोमा सुमनाको असन्तुष्टि
कुलमानको पार्टी घोषणा सभामा पुगिन् सुमना श्रेष्ठ
परिवर्तनकारी भनिएकाहरू पनि नेतृत्वमा गएर अड्किने रहेछन् : सुमना श्रेष्ठ
दलिय भ्राति संगठन खारेज गर, विद्यार्थीलाई विद्यार्थी नै हुन देऊ : सुमना श्रेष्ठ
भगवान कोइराला, सुमना श्रेष्ठ र सन्दुक रुइतले मन्त्री खान मानेनन्, महाबीर भने मन्त्री बन्ने
सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग