जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, ०९ : १५
जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने

काठमाडौ । सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। 

यही जेठ १२ गतेका लागि बैठक बोलाइएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए। 

‘जेठ १२ गते बिहान ७ बजेदेखि कोटेश्वरस्थित होटल तपोवनमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ’, मंगलबार बिहान उनले भने। 

बैठकले केन्द्र सरकार र मधेश प्रदेश सरकारलाई पार्टीले दिएको समर्थनबारे छलफल गर्ने उनले बताए। केन्द्र सरकारबाट बाहिरिए पनि जनमतले समर्थन भने फिर्ता लिएको छैन। मधेश सरकारमा भने ऊ आफू पनि सहभागी छ।  

उनका अनुसार बैठकमा चुनावी समीक्षा पनि हुनेछ। गत वैशाख १० गते बारा २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा जनमतले उम्मेदवारी दिए पनि हारेको थियो। 

यस्तै बैठकमा पार्टीका संगठनसम्बन्धी एजेन्डा पनि रहेको नेता साहले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस