काठमाडौ । सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
यही जेठ १२ गतेका लागि बैठक बोलाइएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।
‘जेठ १२ गते बिहान ७ बजेदेखि कोटेश्वरस्थित होटल तपोवनमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ’, मंगलबार बिहान उनले भने।
बैठकले केन्द्र सरकार र मधेश प्रदेश सरकारलाई पार्टीले दिएको समर्थनबारे छलफल गर्ने उनले बताए। केन्द्र सरकारबाट बाहिरिए पनि जनमतले समर्थन भने फिर्ता लिएको छैन। मधेश सरकारमा भने ऊ आफू पनि सहभागी छ।
उनका अनुसार बैठकमा चुनावी समीक्षा पनि हुनेछ। गत वैशाख १० गते बारा २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा जनमतले उम्मेदवारी दिए पनि हारेको थियो।
यस्तै बैठकमा पार्टीका संगठनसम्बन्धी एजेन्डा पनि रहेको नेता साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा