काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रुपमा प्रस्तुत भएको र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसुबमा लामो स्टाटस लेख्दै उनले पपुलिष्टहरुबाट समाजको रुपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन नसक्ने ठोकुवा पनि गरेका छन् । उनले लेखेका छन्, ‘उनीहरुबाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाँका पपुलिष्ट आन्दोलनहरुको अवसान त्यसरी नै हुने गरेको छ ।’
महासचिव पोखरेलले क्रान्ति र समाज परिवर्तनको नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निरासा उत्पन्न भएको र समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख रहेको आरोप पनि लगाएका छन् ।
उनले आमरुपमा राज्य, संगठित शक्तिहरु र अख्तियारप्राप्त व्यक्तिहरु प्रतिको अविश्वास,निरासा र घृणा त्यसकै उपज रहेको पनि बताएका छन् । देशमा कायम रहेको राजनीतिक अस्थिरता र आर्थिक-सामाजिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्बलाइरहेको भन्दै पोखरेलले त्यसप्रति चनाखो हुनु पर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल