चितवन। वन्यजन्तुको अंग अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत वैशाख ३१ गते भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार बिक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो ।
सो सूचनाका आधारमा खोजतलास गर्दा गोरखाको दशकिलोबाट तीन जना महिलालाई जरायोको सिङजस्तो देखिने आखेटोपहार बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको हो ।
जेठ १ गते गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि पाँच जना पुरुष र एक जना महिला गरी छ जनालाई एकसिङ्गे गैँडाको खागजस्तो देखिने वन्यजन्तुको आखेटोपहार खरिद बिक्री व्यवसाय गर्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए। उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोरखामा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज