काठमाडाैं।पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथिको संकट रोकिने नाम नै लिइरहेको छैन ।पाकिस्तानस्थित पञ्जाब सरकारले इमरानको जमान पार्कस्थित घरमा ३०-४० जना आतङ्कवादी लुकेको दाबी गरेको छ ।पञ्जाबको अन्तरिम सरकारले पीटीआईलाई लाहोरमा पूर्व प्रधानमन्त्रीको निवासमा शरण लिएका ३०-४० आतंकवादीहरू प्रहरीलाई सुम्पिन २४ घण्टाको समयसीमा दिएको छ।
कार्यवाहक सूचना मन्त्री आमिर मिरले बुधवार लाहोरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, 'पीटीआईले यी आतंककारीहरू पुलिसलाई सुम्पिनुपर्छ, अन्यथा कानूनले आफ्नो बाटो लिन्छ ।'उनले भरपर्दो खुफिया रिपोर्ट प्राप्त भएकाले ती ‘आतंकवादी’को उपस्थितिबारे सरकार सचेत रहेको पनि बताए ।मीरले भने, 'आएको गुप्तचर रिपोर्ट निकै खतरनाक छ ।'खानमाथि भ्रष्टाचारको पनि आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले
इमरान खानका छोराले मागे सरकारसँग बुबा ज्युँदो रहेको प्रमाण