काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएको बताएको छ । सर्वोच्च अदालतले नाउपाका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरेपछि उक्त पार्टी अहिले आन्दोलित बनेको हो ।पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
यसअघि सीके राउतदेखि विप्लवसम्मको आन्दोलन राजनीतिक बन्दा ०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन रु भनेर सरकारलाई प्रश्न गरे ।उनले भने, ‘हिजोका सम्मानित आदलतको फैसला न्यायमुर्तिहरुका निर्णय स्वीकार्य त छ तर यो राजनीतिक मुद्दा अदालती होइन ।’उनले यदि रेशमलाल चौधरीलगायतका राजबन्दी हत्यारा हुन भने फासिदिने ऐन बनाएर फाँसी दिन मागसमेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीलाई कारागार बुझाइयो
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी