काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा अमेरिकी सरकारका प्रतिनिधि र सेनाको उपस्थिति बाक्लिएको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा बुधवार ३१औं मदन(आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाकाको उपस्थिति नेपालमा बाक्लिएको भन्दै आपत्ति जनाएका हुन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० र स्टेट पार्टनरशिप प्रोग्राम ९एसपीपी० पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको उनको दाबी छ ।उनले भने, ‘एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् ।’पूर्वप्रधानमन्त्री खनालले अमेरिकाका रक्षामन्त्रीहरु आएर सबैभन्दा पहिले तिब्बतीय क्याम्पमा र नेपालका गृहमन्त्रीकोमा पुग्ने गरेको भन्दै नेपाललाई खेलमैदान बनाउन खोजिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिन हुँदैन : झलनाथ खनाल
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल