काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरूलाई आफूरहेको डिल्ली बजार कारागारमा बोलाएका छन्।
टिकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतबाट पनि सदर भएको छ।सोही विषयमा छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागारमा बोलाएको पार्टी निकट स्रोतले जानकारी दिएको छ।
२०७२ सालमा संविधान जारी हुनुभन्दा एक महीनाअघि कैलालीको टीकापुरमा हिंसा भड्किँदा सात जना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनामा दोषी पाइएपछि रेशम चौधरी जेल जीवन बिताइरहेका छन्।
उनै चौधरीले सोही विषयमा छलफल गर्न आफ्नो पार्टीका नेताहरूलाई कारागार बोलाएका हुन्।भेटमा समयसामयिक राजनीतिक विषयवस्तुका बारेमा पनि छलफल गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टी छोडेको घोषणा
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग