काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ ।
अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसूचकमा गिरावट हुँदा नेप्सेमा ३.२९ अंकको सामान्य वृद्धि भएको छ । बैंकिङ उपसूचक ०.११ प्रतिशत र अनय उपसूचक ०.८९ प्रतिशतले गिरावट भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.८१ प्रतिशतले बढेका छन् ।
बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । आइतबार ९० करोड माथिको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ७३ करोडमा झरेको थियो । मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको छ । मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।
मंगलबार कारोबार भएकामध्ये एनआईसी एशिया बैकको सर्वाधिक ५ करोड १ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको करिब २ करोड ८९ लाख रुपैयाँ र नबिल बैंकको करिब २ करोड १७ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६३ कम्पनीको सेयरमूल्य घट्दा १७ कम्पनीको स्थिर छ । मंगलबार कारोबार भएका कम्पनीहरुमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा माया खोला हाइड्रोपावरको सेयरमूल्य ५.७० प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा सूचीकृत भएर मंगलबारबाट मात्रै दोस्रो बजारमा कारोबार सुर भएको माइखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले गिरावट भएको छ । नेप्सेले तोकेको ओपनिङ रेञ्जको माथिल्लो सीमामा ओपनिङ कारोबार भएको कम्पनीको सेयरमूल्य १० प्रतिशतले गिरावट भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार