काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। जसपाले सोमबार आव २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो।
निर्वाचन आयोगले गत वैशाख २७ गते राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको थियो।
आयोगको निर्देशन अनुसार पार्टीको लेखा परीक्षण तोकिएको समयावधिमै सार्वजनिक गरेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
सार्वजनिक लेखा परीक्षण प्रतिवेदन अनुसार जसपाको चालू आर्थिक वर्षको खर्च ५३ लाख ९० हजार ६४९ रुपैयाँ देखिएको छ।
जसमा कार्यालय सञ्चालनमा मात्रै ४९ लाख २३ हजार ६४९ रुपैयाँ खर्च भएको उल्लेख छ। यस्तै गत आवमा ६१ लाख ५७ हजार ८ सय २१ रुपैयाँ कार्यालय सञ्चालनमा खर्च भएको देखिएको छ।
यस्तै जसपाले गत आवमा १६ लाख ४० हजार घरबहाल तिरेको छ भने यो आवमा १६ लाख ६२ हजार ५०० रुपैयाँ तिरेको उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै