शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, ११ : ५३
शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले अपराध करार गर्ने भन्दा पनि ती पात्रहरूलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो ।

सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकी रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएउनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारे । सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वाभाविकै हुने पनि बताए ।

सांसद वाग्लेले यो प्रकरणलाई ठगी, किर्ते, मानव तस्करी, अन्तर्राष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रूपमा लिनुपर्ने बताए । सांसद वाग्लेले भ्रष्टाचारको स्वरूप बदलिएर पैसाबाट सेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराए ।

 

प्रतिक्रिया दिनुहोस