काठमाडौ । भक्तपुरको चुनदेवीस्थित एक उद्योगमा भीषण आगलागी भएको छ।
आइतबार राति अन्दाजी ७ बजेतिर चुनदेवीमा रहेको एक उद्योगमा आगलागी भएको हो।
सोफा उद्योगमा आगलागी हुँदा नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
‘पानी पनि परिरहेकाले आगलागी अलि कम भएको छ। नियन्त्रणमा लिने प्रयास भइरहेको छ,’ डिएसपी पाठकले भने।
अहिले काठमाडौं र भक्तपुरका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ।
आगलागी कसरी भएको भन्ने खुलिनसकेको डिएसपी पाठकले बताए। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति