काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ , चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । आइतबार साँझदेखि सुरु भएको आगलागी के कारणले भएको भन्नेबारे खुलेको छैन ।
फ्याक्ट्रीमा आगलागी भएपछि स्थानीयहरुले प्रहरीलाई
खबर गरेसँगै अहिले त्यहाँ पाँच वटा दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको छ ।
हालसम्म सोफा फ्याक्ट्रीका संचालकबारे पनि यकिन जानकारी आइसकेको छैन । आगलागी नियन्त्रण लिने प्रयास भइरहेकाले आगलागीबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि