काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो ।
२ वा २ भन्दा बढी प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको सङ्ख्या तोकिएको छ । मातहत समिति र संगठनहरुलाई जेष्ठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाले शुक्रबार परिपत्र जारी गरेको छ । जसपाका अनुसार केन्द्रीय समिति ४२३ जना, ७ प्रदेश समितिबाट ४९ जना, १० राष्ट्रिय समितिबाट ५० जना, ३ वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १३५ जना, ५ वटा महानगरपालिकाबाट ५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
जसअनुसार मधेस प्रदेश समितिलाई ५ जना, प्रदेश १ का धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट ४/४ जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट ५/५ जना थप प्रतिनिधि रहने छन् । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई ४/४ जना थप प्रतिनिधिको व्यवस्था गरिएको छ । केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा