हेटौंडा। नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सांसद डा आरजु राणा देउवाले देशमा पैसाको कमी नभएको बताएकी छन् ।बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट (व्यवस्थापन) गर्न नसकिएको उल्लेख गरिन् ।बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगले गरेको ‘महिला सशक्तिकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै नेतृ राणले भनिन, ‘मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ ।
हाम्रो देशमा म्यानेजमेन्टकै कमी हो । हरेक साल बजेटहरु खर्चै हुँदैन् । खर्च नभइ जान्छ ।उनले अन्तरक्रियाको क्रममा बागमतीमा बालविवाह र बाल श्रमको समस्या रहेको पाइएको भन्दै त्यसको न्युनिकरणको लागि योजना बनाएर प्राथमिकताका साथ काम गर्न पनि सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावको मुखैमा देउवा पत्नी आरजु राणा किन पुगिन् दिल्ली ?
आफ्नो घरमा नोट जलेको भनी अफवाह फैलाइएको डा. आरजु राणाको दाबी
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन