काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिएका छन् ।विहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भनेका छन्, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो ।’
उनले यस्तो अपराधको जति भर्त्सना गरे पनि थोरै हुने बताएका छन् । ‘चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या बनेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणहरुले आम नागरिकहरुमा समेत राज्य, राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेको छ ।’नेपाल समाजवादी पार्टीले यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र मुख्यतः प्रहरी प्रशासनले जुन तदारुकता देखाएर अनुसन्धान प्रक्रिया अघि बढाउने कदमको स्वागत गरेको छ ।
पार्टीले निष्पक्ष ढंगले अनुसन्धानलाई अघि बढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पुर्याउन माग गरेको छ । ‘कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको हो ।उनले यो प्रकरणलाई एउटा महत्वपूर्ण टेस्ट–केसको रुपमा लिएर हाम्रो राज्य र समाजमा क्यान्सर झैँ फैलिएको भ्रष्टाचारको समस्यालाई दीर्घकालीन रुपमा निवारण गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईलाई पितृशोक
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
चुनाव लड्दिनँ भनेका बाबुरामले फेरि किन रोजे गोरखा क्षेत्र नम्बर २ ?