काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको अन्तिम दिन बिहिबार (आज) झिनो अंकले घटेको छ । आज नेप्से ३.३४ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ५९ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से २.४३ अंकले घटेर एक हजार ८ सय ४१ दशमलब ९३ विन्दुमा बन्द भएको थियो ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५७ करोड ८८ लाख ४१ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बुधबार नेप्सेमा ५८ करोड ९१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
आज कारोबार भएका ६४ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ६६१ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त व्त्तिीय संस्था र बाराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज तीन करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार