काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको अन्तिम दिन बिहिबार (आज) झिनो अंकले घटेको छ । आज नेप्से ३.३४ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ५९ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से २.४३ अंकले घटेर एक हजार ८ सय ४१ दशमलब ९३ विन्दुमा बन्द भएको थियो ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५७ करोड ८८ लाख ४१ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बुधबार नेप्सेमा ५८ करोड ९१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
आज कारोबार भएका ६४ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ६६१ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त व्त्तिीय संस्था र बाराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज तीन करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार
नेप्से ९ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार