काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध कोही बोले कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास भइरहेको आरोप लगाएका छन् । बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कमिटीको बैठकको सुरुमा बोल्दै अध्यक्ष ओलीले सरकारविरुद्ध बोल्नेलाई कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास भइरहेको बताएका हुन् । उनले भ्रष्टाचारको विरुद्धमा कोही बोले उसलाई कारबाहीको धम्की दिएर आतंकित बनाउने काम पनि भइरहेको बताए ।
'भ्रष्टाचारको विरुद्धमा कोही बोल्यो भने उसको मुख थुन्ने, आतंकित बनाउने र उसलाई कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास भइरहेको छ । कोही पनि बोले मुद्दा लगाइन्छ,' उनले भने । सरकारविरुद्ध बोलेका सांसद अमरेश कुमार सिंहलाई धम्की दिइएको उनले बताए ।
'संसदमा सांसद सिंहले सरकारको विरुद्धमा बोलिदिए । त्यसपछि उनलाई धम्कीमात्रै दिइएन, त्यही दिन अख्तियारमा उजुरी गयो,' ओलीले प्रश्न गर्दै भने, 'अस्तिकै दिन उजुरी किन गयो अख्तियारमा सिंहका विरुद्धमा ? यो भ्रष्टाचारविरुद्ध कोही बोल्दा मुख थुन्ने प्रयास हो ।'
उनले कसैले एउटा उजरी हाले भ्रष्टाचार नै गरेकव रहेछ भनेर कराउने काम भइरहेको बताए । 'कसैले एउटा उजुरी हालिदियो भने यसले त भ्रष्टाचार गरेकै रहेछ भनेर कराउने र परपीडिकखालको मानसिकता समाजमा बनिराखेको छ,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन