काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध कोही बोले कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास भइरहेको आरोप लगाएका छन् । बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कमिटीको बैठकको सुरुमा बोल्दै अध्यक्ष ओलीले सरकारविरुद्ध बोल्नेलाई कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास भइरहेको बताएका हुन् । उनले भ्रष्टाचारको विरुद्धमा कोही बोले उसलाई कारबाहीको धम्की दिएर आतंकित बनाउने काम पनि भइरहेको बताए ।
'भ्रष्टाचारको विरुद्धमा कोही बोल्यो भने उसको मुख थुन्ने, आतंकित बनाउने र उसलाई कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास भइरहेको छ । कोही पनि बोले मुद्दा लगाइन्छ,' उनले भने । सरकारविरुद्ध बोलेका सांसद अमरेश कुमार सिंहलाई धम्की दिइएको उनले बताए ।
'संसदमा सांसद सिंहले सरकारको विरुद्धमा बोलिदिए । त्यसपछि उनलाई धम्कीमात्रै दिइएन, त्यही दिन अख्तियारमा उजुरी गयो,' ओलीले प्रश्न गर्दै भने, 'अस्तिकै दिन उजुरी किन गयो अख्तियारमा सिंहका विरुद्धमा ? यो भ्रष्टाचारविरुद्ध कोही बोल्दा मुख थुन्ने प्रयास हो ।'
उनले कसैले एउटा उजरी हाले भ्रष्टाचार नै गरेकव रहेछ भनेर कराउने काम भइरहेको बताए । 'कसैले एउटा उजुरी हालिदियो भने यसले त भ्रष्टाचार गरेकै रहेछ भनेर कराउने र परपीडिकखालको मानसिकता समाजमा बनिराखेको छ,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?