काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक अघि सभापति देउवा र रक्षा मन्त्री खड्काले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्दै छ । भुटानी शरणार्थी प्रकरणमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग देउवा र खड्काको छलफल गरेको बताइएको छ । तर, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले सरकारले ल्याउने नीति तथा कार्यक्रमका विषयमा छलफल भएको बताए ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका विषयमा निरन्तर छलफल गरिरहेकाले देउवा र खड्कालाई समेत बोलाएर भेटेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !