काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ ।
बैठकमा नेता बालकृष्ण खाँणबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । कांग्रेसले केन्द्रीय सदस्य खाँणलाई निलम्बनको तयारी गरेको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता खाँण बुधबार पक्राउ परेका थिए । पक्राउपछि खाँणलाई पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज उठ्दै आएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ ।
खाँणलाई बुधवार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा