काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ ।
बैठकमा नेता बालकृष्ण खाँणबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । कांग्रेसले केन्द्रीय सदस्य खाँणलाई निलम्बनको तयारी गरेको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता खाँण बुधबार पक्राउ परेका थिए । पक्राउपछि खाँणलाई पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज उठ्दै आएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ ।
खाँणलाई बुधवार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त