काठमाडौं । नेपालको शोधनान्तर बचतको स्थिति उकासिंदै गएको छ । तर, प्रत्यक्ष वैदेशिक लगानी ठूलो दरमा घटेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को चैतसम्म शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ । अघिल्लो फागुनसम्म यस्तो बचत १४८ अर्ब रुपैयाँ बराबर थियो भने अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा थियो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा पुगेको छ ।
समीक्षा अवधिमा चालु खाता भने ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको चालु खाताको घाटा पनि विस्तारै बचततर्फ उन्मुख छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटाको अवस्थामा आइपुगेको छ ।यो वर्ष प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ८९ करोडले कम भएको देखिएको छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर २४ प्रतिशतले कम भएर ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ भने २ अर्ब ६२ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट