काठमाडौं । सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा आधार दरमा भएको परिवर्तन अनुसार मासिक रुपमा नै कर्जाको ब्याजदर घटाउन सक्ने व्यवस्था गरेको थियो । घट्दो आधार दरमा मासिक रुपमा ब्याजदर परिवर्तन गर्न पाइने भएपछि कर्जाको ब्याजदर घट्ने आशामा मंगलबार सेयर बजारमा लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
आइतबार र सोमबार लगातार दुई दिन दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से मंगलबार भने बढेर बन्द भएको छ । मंगलबार नेप्से १०.६६ अंकले वृद्धि हुँदा १८४४.३६ अंकमा बन्द भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । सोमबार ८२ करोडको कारोबार भएको बजारमा मंगलबार भने ७७ करोड ४८ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९६ प्रतिशतले वृद्धि हुँदा उत्पादनमुलक उपसूचक १.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक ६ करोड ९६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ४७ लाखको सेयर कारोबार भएको छ । नेप्सेमा मंगलबार कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १६१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । ५० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले वृद्धि हुँदा कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ४.६५ प्रतिशतले वृद्धि भएको छ । यस्तै सिभिल लघुवित्तको सेयरमूल्य ४.०५ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार